नियम
कार्यक्रम परामर्श समिति
: (१) यस नियमावली बमोजिम सञ्चालन हुने कार्यक्रमको कार्यान्वयन र व्यवस्थापनको कार्यलाई समन्वय र सहजीकरण गर्न प्रत्येक निर्वाचन क्षेत्रमा देहाय बमोजिमको कार्यक्रम परामर्श समिति रहनेछः-
(क) प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभ सदस्य - संयोजक
(ख) समानुपातिक सदस्य - सदस्य
(ग) राष्ट्रिय सभाका सदस्य - सदस्य
(घ) जिल्ला समन्वय समितिका प्रमुख र - सदस्य उपप्रमुख (ङ) निर्वाचन क्षेत्र भित्र पर्ने स्थानीय तहका अध्यक्ष र प्रमुख _ सदस्य
(२) उपनियम (१) को खण्ड (क) बमोजिमको प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य निलम्बन भएको वा अन्य कुनै कारणले त्यस्तो पद रिक्त रहेको अवस्थामा सोही निर्वाचन क्षेत्र भित्रको मतदाता नामावलीमा नाम समावेश भएका खण्ड (ख) र (ग) बमोजिमका सदस्यमध्ये उमेरको हिसावले ज्येष्ठ सदस्यले र सोही निर्वाचन क्षेत्र भित्रको मतदाता नामावलीमा खण्ड (ख) र (ग) बमोजिमका सदस्य नभएको अवस्थामा त्यस्तो निर्वाचन क्षेत्र रहेको जिल्ला भित्रका खण्ड (ख) र (ग) बमोजिमका सदस्यमध्ये उमेरको हिसाबले जेष्ठ सदस्यले संयोजकको रुपमा कामकाज गर्नेछ।
(३) उपनियम (१) को खण्ड (ख) र (ग) बमोजिमका सदस्य आफ्नो स्थायी ठेगाना भएको जिल्लाभित्रको कुनै एक निर्वाचन क्षेत्रको कार्यक्रम परामर्श समितिमा सदस्य हुन सक्ने छन्‌।
(४) उपनियम (३) को प्रयोजनका लागि सम्बन्धित सदस्यले आफू सदस्य रहन चाहेको निर्वाचन क्षेत्र खुलाई सोको जानकारी कात्तिक मसान्तभित्र सम्बन्धित जिल्ला समन्वय समितिको कार्यालयमा लिखित रुपमा दिनु पर्नेछ।
(५) कार्यक्रम परामर्श समितिको बैठक आवश्यकता अनुसार संयोजकले बोलाउने छ।
(६) कार्यक्रम परामर्श समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।
(७) जिल्ला समन्वय अधिकारीले कार्यक्रम परामर्श समितिको सचिव भई काम गर्नेछ ।